प्रभु बैंकका ग्राहकलाई सीता प्यालेसमा १५ प्रतिशतसम्म छुट

Advertisement

काठमाडौँ । प्रभु बैंक र सर्लाहीस्थित सीता प्यालेस होटलबीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । 

बैंकका तर्फबाट हरिवन शाखा कार्यालय प्रमुख मनोजकुमार साह र सीता प्यालेस होटलका तर्फबाट प्रबन्धक मुकुन्दप्रसाद घिमिरेद्वारा उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् । 

Advertisement

बैंक र होटलबीच सम्पन्न सम्झौता अनुसार बैंकिङ कारोबार गरिरहेका सम्पूर्ण ग्राहकहरुले सीता प्यालेस होटलद्वारा सञ्चालित फुड र वेभरेज सेवामा १० प्रतिशत र लजिङ सेवामा १५ प्रतिशत छुट प्राप्त हुने भएको छ । 

सम्झौता अन्तर्गत सीता प्यालेसमा सुविधा लिन चाहने बैंकका ग्राहकहरुले डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, सीता प्यालेस होटलका उल्लेखित सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको छ । 

यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहकहरु लाभान्वित हुने छन् भन्ने बैंकले विश्वास लिएको छ ।
 

Advertisement

Advertisement