बर्जर पेन्ट्सले ल्यायो ‘बर्जर रंगोत्सव’ ग्राहक योजना, १५० घरधनीले पुरस्कार जित्ने मौका

Advertisement

काठमाडौँ । बर्जर पेन्ट्स नेपालले यो वर्षको चाडपर्वमा ‘बर्जर रंगोत्सव’ ग्राहक योजना ल्याएको छ । 

भदौ १ गतेदेखि मंसिर १० गतेसम्म लागू हुने गरी दशैं तिहारका साथै फिफा विश्वकपलाई लक्षित गर्दै कम्पनीले उक्त अफर ल्याएको जनाएको छ । 

Advertisement

फिफा विश्वकप २०२२ को उत्साहलाई अझ दोब्बर बृद्धि गर्न बर्जर पेन्ट्स नेपालले लक्की ड्र पुरस्कारसहितको आकर्षक अफर पनि ल्याएको छ । यस योजनामा सहभागी भई १५० भन्दा धेरै घरधनीहरुले नगद तथा जिन्सी पुरस्कारहरु जित्न सक्ने छन् । 

बर्जर पेन्ट्स नेपालका कन्ट्री मेनेजर सत्य प्रकाशले भने, ‘हामीले यो योजनासँगै चाडपर्वको उल्लाससँगै फटबल जोशलाई जगाउने लक्ष्य राखेका छौँ । यो बेला खुशी ल्याउने हाम्रो प्रयास स्वरुप हामीले उत्साहजनक अफरहरु र आकर्षक पुरस्कारहरु त्यो उत्साहलाई दोब्बर पार्न ल्याएका छौँ ।’

बर्जरको प्रिमियम उत्पादनहरु वेडरकोट लङ लाइफ, वेडरकोट अल गार्ड, सिल्क ब्रिड इजी, सिल्क ग्लयाम र सिल्क लक्जरी इमल्सनमा यो योजना लागू गरिएको छ । यो योजना अन्तरगत बर्जर पेन्ट्सको छनौट रेञ्जबाठ न्यूनतम ५० हजार रुपियाँमा पेन्ट्स किन्दा १०० वर्गफिट बराबरको सिल्क इलूजन वाल पेन्ट पक्का पुरस्कार प्रदान गरिने छ । 

एक भाग्उशाली घरधनीले लक्की ड्रमा सोनी ब्राण्डको ७५ इञ्चको एलईडी बम्पर पुरस्कार जित्ने छन् । दुई जनाले सामसङको ३४५ लिटरको रेफ्रिजेरेटरको मेगा पुरस्कार जित्ने छन् । त्यस्तै १० जनाले सामसङको ७.२ किलोको वासिङ मेसिन, २० जनाले सामसङकै ए ०३७ मोवाइल फोर ७५ जना भाग्यशाली विजेताले एक्युफिट स्मार्ट पाच जित्न सक्ने छन् । 

यसका साथै यस योजना अन्तरगत घरधनीहरुले भर्खरै रंगाइएका घरको ताजा तस्वीर सामाजिक सञ्जालमा सेयर डिजिटल प्रतियोगितामा भाग लिई  आकर्षक पुरस्कारहरु जित्न सक्ने छन् ।   
 

Advertisement

Advertisement