काठमाडौँ । प्रभु क्यापिटलले चाडवाडको अवसरमा आफ्ना हितग्राही ग्राहकको लागि विशेष अफर ल्याएको छ ।
यसैक्रममा भदौ ८ गते प्रभु क्यापिटल तथा टीथ्री थकाली ग्रुप बीचमा सम्झौता भएको छ । सम्झौता अनुसार हितग्राही ग्राहकले टीथ्री थकाली ग्रुपकाबाट सेवा लिंदा १२ प्रतिशत छूट पाउने भएका छन् । यो योजनाबाट लाभ लिन हितग्राहीले चेक आउट या बिल भुक्तानी गर्दा प्रभु क्यापिटलमा हितग्राही खाता रहेको देखाउनु पर्नेछ ।
सम्झौताको मितिदेखि तीन महिनासम्म सञ्चालन हुने यो अफरको लाभ क्यापिटलको हितग्राही ग्राहकले टीथ्री थकाली ग्रुपको एयरपोर्ट, महाराजगञ्ज तथा टोखाका शाखाहरुबाट प्राप्त गर्नसक्ने कम्पनीले जनाएको छ ।
नेपाली पूँजी बजारमा भिडियो केवाईसी मार्फत डिम्याट खाता खोल्ने सुविधा ल्याएको पहिलो तथा एकमात्र मर्चेन्ट बैंकर प्रभु क्यापिटलले समयानुसारकोे प्रविधि अपनाउँदै आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ ।
हाल प्रभु क्यापिटलले २ लाख १५ हजार माथि हितग्राही ग्राहकलाई डिपी सेवा प्रदान गरिरहेको जनाएको छ ।