निहारिकालाई मधेस सरकारले रु पाँच लाख सहयोग गर्ने

Advertisement

धनुषा । मधेस प्रदेश सरकारले न्यायका लागि सङ्घर्ष गरिरहेकी निहारिका राजपुतलाई रु पाँच लाख सहयोग प्रदान गर्ने निर्णय गरेको छ ।

मधेस प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले न्यायका लागि सङ्घर्ष गरिरहेकी निहारिकालाई रु पाँच लाख सहयोग गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले जानकारी दिए । 

Advertisement

मन्त्री साहले निहारिकालाई कानुनी लडाइँका लागि मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाको सिफारिसमा सो रकम सहयोग गरिएको जानकारी दिए । उनले न्यायाधिवक्ता कार्यालयबाट निहारिकालाई आवश्यक सहयोगसमेत प्रदान गरिने जानकारी दिए । रासस

Advertisement

Advertisement