सर्वाेत्तम सिमेन्टले घाइते कामदारलाई दियो दुर्घटना बीमाको ७ लाख रकम

Advertisement

काठमाडौं । सौरभ ग्रुप अन्तर्गत रहेको सर्वोत्तम सिमेन्टले घाइते कामदारलाई बीमा रकम हस्तान्तरण गरेको छ । किर्तिपुरको भैँसेबजारको एक निर्माणाधिन भवनको चौथो तल्लाबाट लडेका ठाकुरसिंह गुरुङलाई उक्त रकम दिइएको हो ।

उपचारको क्रममा सर्जरी लगायत स्टेनलेस स्टीलकालागि घाइते  गुरुङले २ महिनासम्मको पूर्ण आराम गरेका थिए । उनले कम्पनीको तर्फबाट सो रकम बीमा प्राप्त गरेका हुन् ।

Advertisement

भवन निर्माणका क्रममा कामदारको जोखिमलाई मध्यनजर गरेर ७ लाख रुपियाँसम्मको दुर्घटना बीमा व्यवस्था गरिएको छ । 

कम्पनीका ब्राण्ड म्यानेजर गोपाल सारदाका अनुसार सर्वाेत्तम सिमेन्ट अत्याधुनिक यूरोपियन भिआरएम प्रविधिद्वारा सिमेन्ट उत्पादन गर्ने नेपालकै पहिलो सिमेन्ट उद्योग हो । सोही उद्योगको तीन हजार मेट्रिक टन क्षमताको सिमेन्ट प्लान्ट तथा क्लिंकर प्लान्टका साथै आइ.एस.ओ. ९ हजार १ गुणस्तर प्रमाणित सौरभ ग्रिन पि.पि.सि नामक ब्राण्डका सिमेन्टहरु नेपालभर बिक्रीवितरण भइरहेको छ । 

Advertisement

Advertisement