स्रोत नखुलेको ५० लाखसहित पक्राउ परेका घ्याल्चेन जेल चलान

Advertisement

काठमाडौँ । नेपाल प्रहरीले स्रोत नखुलेको रकमसहित पक्राउ परेका एकजनालाई जेल चलान गरेको छ । 

प्रहरीले गत साउन १८ गते काठमाडौँ महानगरपालिका– ६ भृकुटीचोकमा स्रोत नखुलेको रु ४९ लाख ५० हजार  नगदसहित पक्राउ परेका गोरखा चुननुब्रीका २४ वर्षीय धावा घ्याल्चेनलाई आज केन्द्रीय कारागार सुन्धारा चलान गरेको हो ।

Advertisement

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले घ्याल्चेनलाई काठमाडौँ जिल्ला अदालतको आदेशअनुसार ‘नेपाल राष्ट्र बैँक ऐन, २०५८ को कसूर मुद्दामा’ कारागार चलान गरेको जानकारी दिए । 

पक्राउ परेका घ्याल्चेनसँग प्रहरीले बा ९९ प ७२०४ नम्बरको मोटरसाइकल, रु ४९ लाख ५० हजार, नागरिकता, मोबाइल र नीलो झोला एक थान बरामद गरेको थियो । 

Advertisement

Advertisement