एनएमएले तीन जना विश्व कीर्तिमानी आरोहीको शालिक स्थापना गर्ने

Advertisement

काठमाडौँ । नेपाल पर्वतारोहण संघ (एनएमए)ले विश्व कीर्तिमानी तीन जना आरोहीको शालिक स्थापना गर्ने भएको छ । 

एनएमएले नुवाकोटको ककनीमा रहेको अन्तर्राष्ट्रिय पर्वतारोही स्मृति पार्कमा उनीहरुको शालिक बनाउने भएको हो ।

Advertisement

संस्थापक सदस्य स्व. शम्भु तामाङ, हिउँ चितुवा आरोही स्व. आङरिता शेर्पा र आरोही स्व. छेवाङ निमा शेर्पाको शालिक स्थापना गर्ने नीति तथा कार्यक्रममा समावेश भएको र सोही अनुसार उनीहरुको शालिक निर्माण गर्न लागिएको अध्यक्ष निमा नुरु शेर्पाले जानकारी दिए । 

संघको आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रमको १९ बुँदामा दिवंगत विश्वविख्यात र रेडर्क होल्डर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आरोही शम्भु तामाङको शालिक स्थापना गर्ने उल्लेख छ ।


 

Advertisement

Advertisement