कुमारी बैंकको नयाँ शाखा सिन्धुलीको खुर्कोटमा

Advertisement

काठमाडौँ । कुमारी बैंकले आफ्ना शाखा सञ्जाल विस्तार गर्ने क्रममा सिन्धुली जिल्लास्थित खुर्कोट शाखा  बुधबारबाट संचालनमा ल्याएकोे छ । 

बैंकले उक्त क्षेत्रका व्यवसायी, उद्यमी तथा स्थानियलाई सहज रुपमा बैंकिङ सेवा पुर्याउने उद्देश्यले उक्त शाखा विस्तार गरेको हो । बैंकले आगामी दिनहरुमा थप शाखाहरु विस्तार गरेर आधुनिक बैंकिङ सेवा पुर्याउने योजना बनाएको छ । 

Advertisement

बैंकले देशभर रहेका १९८ शाखा संजाल, १९४ एटिएम, २४ एक्सटेन्सन काउन्टर तथा ४९ शाखारहित बैंकिङ ईकाईहरु मार्फत सेवा प्रदान गर्दै आएको छ । 

Advertisement

Advertisement