क्यानडा जान बायोमेट्रिक गर्न गएका पर्यटनमन्त्रीलाई शेरजंगले लाइनमा बसाउन खाजेका थिए

Advertisement

काठमाडौं । सर्वसाधारण जनता जस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ पनि लाइनमा बसेर सेवा लिनुपर्छ भन्दा एक जना साहसी सुरक्षागार्डमाथि प्रहरी प्रशासनले अन्याय गरेको छ । 

सम्मानित गर्नुपर्ने व्यक्तिलाई दुव्र्यवहारको गलत आरोप लगाएर पक्राउ गर्ने र प्रहरी हिरासतमा राख्ने काम अन्यायपूर्ण भएको बताउँदै अहिले सामाजिक सञ्जालमा मन्त्री श्रेष्ठको चर्को आलोचना समेत भइरहेको छ । 

Advertisement

मन्त्री श्रेष्ठ आइतबार दिउँसो क्यानडाको भिसा प्रक्रियाका लागि श्रीमतीसहित दलबल लिएर ठमेलस्थित छायाँ सेन्टर पुगेका थिए ।

मन्त्री भए पनि अरुसरह लाइनमा बस्नुपर्छ भन्ने अडान राखेकाले प्रहरीले गरुड सेक्युरिटिका शेरजंग गुरुङलाई पक्राउ गरेर अभद्र व्यवहार गरेको नाममा हिरासतमा राखेको हो ।  अन्तर्राष्ट्रिय उड्डयन प्राधिकरणको बैठकमा भाग लिन क्यानजा जाने योजनाअनुसार मन्त्री श्रेष्ठले बायोमेट्रिकको लागि ठमेलस्थित  छाया सेन्टर पुगेका थिए । 

गुरुङले मन्त्री भए पनि लाइनमा बस्नुपर्छ भनेर श्रेष्ठलाई रोकेपछि यनीसँगै आएका प्रहरीले सुरक्षा गार्डलाई पक्राउ गरेका थिए । मन्त्री अगाडि बढ्न खोज्दा अरु मानिस बायोमेट्रिक दिन लामो लाइनमा थिए ।

Advertisement

Advertisement