मल नल्याउने दुई ठेकेदार कम्पनी कालोसूचीमा पर्दै

Advertisement

काठमाडौं । कृषि सामग्री कम्पनी लिमिटेडले ठेक्का सम्झौताअनुसार समयमै रासायनिक मल नल्याएका दुई ठेकदार कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस गरेको छ । कृषि सामग्रीको निर्णयमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सिल्क(जेभी) र सिल्क मार्केटलाई कालोसूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयलाई सिफारिस गरेको हो ।

ती दुई कम्पनीले आर्थिक वर्ष २०७८/७९ का लागि ५० हजार टन युरिया र ५ हजार मेट्रिक टन डीएपी गरी कूल ५५ हजार मेट्रिकटन मल आयातको सम्झौता गरेका थिए । सम्झौता अवधि सकिएको २ देखि ६ महिनासम्म पनि कारबाही नगरी मल ल्याउने आशमा कारवाही प्रक्रियालाई थाती राखिएको थियो ।

Advertisement

तर, सो समयावधिपछि समेत मल ल्याउन आलटाल गरेपछि कम्पनीले ठेक्का सम्झौता तोडेर कृषि सामग्रीले धरौटी जफत गरेको छ । यो सँगै दुई बंगलादेशी र एक नेपाली कम्पनी गरी तीन कम्पनीलाई समेत कालोसूची सिफारिस गर्न थप छलफल भइरहेको मन्त्रालय श्रोतले जनाएको छ ।

Advertisement

Advertisement