लाइन मिच्ने मन्त्रीलाई रोक्न खोज्दा प्रहरी हिरासतमा रात काट्न बाध्य शेरजंगलाई रविले भेटे

Advertisement

काठमाडौं । लाइन मिच्ने मन्त्रीलाई रोकेर लाइनमा राख्न खोज्ने शेरजंग गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रहरी हिरासतमा पुगेर भेटेका छन् । 

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठलाई लाइनमा बस्न लगाउन खोजेका कारण उनी आइतबारदेखि प्रहरी हिरासतमा बस्न बाध्य भएका छन् । भेटको तस्वीर रविले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् । 

Advertisement

रविले गुरुङलाई धन्यवाद दिन आएको बताएका छन् । कानून सबैलाई बराबर हुनुपर्ने भन्दै उनले भनेका छन्, ‘उहाँलाई दण्डित होइन पुरस्कृत गरियोस् । नियम मिचेर लाइन नबस्ने मन्त्रीलाई चाहिँ कानून नमानेको अभियोगमा अनुसन्धान गरियोस् ।’

शेरजंगको भनाइ उदृत गर्दै रविले लेखेका छन्, ‘गुरुङको छोरो, आवाज अलि ठूलो भयो होला, तर मैले कुनै दुर्व्यवहार गरेको छैन ।’ आफूले मन्त्री भनेर नचिनेको उनले जवाफ दिएको बताउँदै रविले शेरजंगको भनाई उल्लेख गरेका छन्, ‘मन्त्री भन्ने मलाई थाहा पनि भएन । थाहा भए पनि ड्युटी त गर्नैपर्‍यो ।’

Advertisement

Advertisement