निजी कम्पनीहरुबाट उत्पादित सबै विद्युतको मूल्य दिन सरकारसंग माग

Advertisement

काठमाडौँ । पञ्चकन्या ग्रुपका अध्यक्ष प्रेमबहादुर श्रेष्ठले निजी कम्पनीहरुबाट उत्पादित सबै विद्युतको मूल्य दिन सरकारसंग माग गरेका छन् । विहीबार विज्ञप्ति प्रकाशित गरी श्रेष्ठले यस्तो माग गरेका हुन् ।

यस्तो छ विज्ञप्तिः 
वर्षायाममा नदीमा जलस्तर बढ्ने हुँदा हिउँदको तुलनामा वर्षादमा बढी बिद्युत उत्पादन हुने गर्दछ । अहिले विभिन्न निजी कम्पनीहरुबाट बढी मात्रामा उत्पादित विद्युत नेपाल विद्युत प्राधिकरणले सित्तैमा खरिद गरिराखेको छ । तर देशमा अघोषित लोडसेडिङ यथावत कायम छ भने विद्युत प्राधिकरणले भारतमा विद्युत निर्यात गरी आम्दानी पनि गरिराखेको छ । यदी बढी उत्पादित विद्युतको मुल्य नपाउने हो भने किन उत्पादन गरी रहने प्रश्न चिन्ह खडा भएको छ । साथै हाइड्रो पावरको क्षमताअनुसार सबै याममा औषतमा विद्युत उत्पादन गरी विद्युत प्राधिकरणलाई बिक्री गर्नु पर्ने हुन्छ त्यसैगरी अगामी महिनामा यति विद्युत उत्पादन हुन्छ भनी सो को अनुमानित तथ्याङ्क अग्रिम रुपमा पेश गर्नु पर्छ । सोही अनुमानित तथ्याङ्कलाई आधार मानी विद्युत प्राधिकरणले भुक्तानी उपलब्ध गराउँदछ । अतः देशलाई पूर्ण रुपमा लोडसेडिङ मुक्त गरी उर्जा क्षेत्रमा निजी क्षेत्रलाई लगानीको लागि अझ बढी आकर्षित गर्न, कोरोनाले थलिएको उद्योगलाई राहत उपलब्ध गराउन र पिपिए सम्झौता गर्दा प्रति युनिट जतिमा रुपैयाँमा खरिद गर्ने सम्झौता भएको छ बढी उत्पादित विद्युतलाई पनि न्यूनतम आधा मूल्यमा खरिद गरी दिन र प्रत्येक ५ वर्षमा खरिद मूल्य पुनरावलोकन गर्न हामी उर्जा क्षेत्रमा लगानी गर्ने व्यवसायीहरु सरकारसँग जोडदार माग गर्दछौं ।

Advertisement

प्रेम बहादुर श्रेष्ठ
अध्यक्ष
पञ्चकन्या ग्रुप
कृष्णगल्ली, ललितपुर
 

Advertisement

Advertisement