बेलायती महारानीको निधनमा नेपालमा तीन दिन शोक

Advertisement

काठमाडौं । बेलायती महारानी एलिजावेभको निधनमा शोक व्यक्त गर्न नेपालले तीन दिन शोक मनाउने निर्णय गरेको छ । सरकारले भदौ २५ देखि २७ गतेसम्म तीन दिन शोक मनाउने निर्णय गर्दै नेपालभरका सरकारी कार्यालयहरू साथै विदेशस्थित नेपाली दूतावास र नियोगहरुमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा शुक्रबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले शोकसम्वन्धी निर्णय गरेको हो । बेलायतकी महारानी एलिजावेथ दृतियको ९६ वर्षको उमेरमा बिहीबार निधन भएको थियो । 

Advertisement

उनको निधनमा गहिरो दुःख व्यक्त गर्दै मन्त्रिपरिषद बैठकले स्वर्गीय महारानीको दिगंवत आत्माको चिरशान्तिको कामना गरेको छ । यस दुखःद् घडीमा बेलायत सरकार, बेलायती जनता एवं शोक सन्तप्त बेलायती राजपरिवारप्रति मन्त्रिपरिषदले समवेदना पनि व्यक्त गरेको छ । 

Advertisement

Advertisement