एससिटीको दमदार दशैं धमाकाः थ्रीडी अफर र तेत्तीस प्रतिशतसम्म छुट

Advertisement

काठमाडौँ । नेपालीहरुको महान चाड बिजयादशमीलाई लक्षित गरि स्मार्टचोइस टेक्नोलोजिज लिमिटेड (एससिटी) ले दमदार दशैैँ धमाका थ्रीडी  अफर सार्वजनिक गरेको छ ।

अफर अन्तर्गत एससिटी–यूपीआई डेबिट कार्ड प्रयोगकर्ताले कुनैपनि खरिदमा पोस मार्फत विद्युतीय कारोबार गर्दा ३३.३३ प्रतिशतसम्म क्यास्ब्याक प्राप्त गर्न सकिने छ । हाल सम्म पनि एससिटी यूपीआई डेबिट कार्ड नलिनु भएका ग्राहकहरुले कार्ड जारी गर्ने कुनै पनि बैंक तथा वित्तीय संस्थामा गई प्राप्त गर्न सक्नेछन् ।

Advertisement

साथै एससिटी–यूपीआई डेबिट कार्ड मार्फत एटीएममा क्यास कारोबार गर्दै आउनु भएका ग्राहकहरुले पनि यो अफर मार्फत रू. १,२०० सम्म क्यास्ब्याक प्राप्त गर्न सक्नेछन् । मात्र रू. १,५०० बराबर को पोस  कारोबारमा रू. ५०० र रू. ३,००० को कारोबार मा रू. १,००० क्यास्ब्याक प्राप्त गर्न सकिने यो अफर मार्फत सबै एससिटी–यूपीआई डेबिट कार्ड प्रयोगकर्ताहरुले ३३।३३ प्रतिशतसम्मको क्यास्ब्याक प्राप्त गर्न सक्नेछन् । 

अफरको बिस्तृत विवरण एससिटीको आधिकारिक वेबसाईटमा राखिएको छ । यो अफर असोज महिना भरि लागु हुने कम्पनीले जनाएको छ ।
 

Advertisement

Advertisement