होटलहरुले भोगेको समस्याबारे छलफल गर्न ‘नेपाल हस्पिटालिटि कन्क्लेभ’ आयोजना हुने

Advertisement

काठमाडौं । होटल संघ नेपाल (हान)ले कोरोना महामारीबाट प्रभावित होटल उद्योग पुनःरुत्थान र पर्यटन प्रवर्द्धनका लागि आउँदो शनिबार ‘नेपाल हिस्पटालिटि कन्क्लेभ’ (आथित्यतासम्वन्धी सम्मेलन) आयोजना गर्न लागेको छ । 

पहिलो पटक गर्न लागिएको यस सम्मेलनमार्फत होटल क्षेत्रमा देखिएका समस्या र आउनसक्ने समस्याहरुको समाधान खोज्न सहयोग पुग्ने हानको विश्वास छ । 

Advertisement

कोभिड–१९ को महामारीबाट पुनरुत्थानका क्रममा रहेको व्यवसायलाई चलायमान बनाउन, नयाँ तरिकाको बजारीकरण गर्न, केही नयाँ अभ्यासहरू प्रयोग गर्दै नेपाली होटल उद्योगको स्तरीयता कायम राख्नका साथै समग्र पर्यटनको विकासका लागि सम्मेलन आयोजना गर्न लागिएको भन्दै हानले यसमा होटल क्षेत्रका स्वदेशी तथा विदेशी विज्ञ सहभागी हुने बताएको छ । 

त्यस क्रमाम होटलहरूमा प्रयोग हुने वस्तु, सेवा तथा सामग्रीहरू उपलब्ध गराउने कम्पनी तथा व्यवसायीहरूलाई समेत समेटेर प्रदर्शनी पनि गरिने हानले बताएको छ । 

Advertisement

Advertisement