दशैंका लागि आजबाट सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुल्यो

Advertisement

काठमाडौं । दशैंका लागि आज शनिबारदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुलेको छ । टिकट बुकिङ कतिपय यातायात व्यवसायले अनलाइनमार्फत पनि गर्न सक्ने सुविधा मिलाएका छन् । 

यातायात व्यवसायीले यात्रुसँग गत असार २७ मा कायम गरिएको भाडा दरमा तोकिएभन्दा बढी भाडा लिन नपाउने जनाउँदै यातायात व्यवस्था विभागले यसको प्रभावकारी अनुगमनको व्यवस्था पनि मिलाउने बताएको छ । 

Advertisement

उनीहरुले बढी भाडा लिएमा यात्रुले ट्राफिक प्रहरी, विभाग र नागरिक सहायता कक्षमा सम्पर्क गर्न सक्नेछन् । व्यवसायीले सवारी साधनको अग्रिम टिकट बुकिङ सकेसम्म अनलाइनमार्फत गर्न सक्ने व्यवस्था मिलाउने, सकेसम्मको छुट सुविधा दिने, विचौलियामार्फत टिकट काट्न नलगाउने विभागमा प्रतिवद्धता जनाएका थिए । 

दशैंलाई लक्षित गरी राजमार्ग तथा अन्य सडकहरु मर्मत सुधार गर्न सडक विभागलाई यातायात व्यवस्था विभागले आग्रह पनि गरेको छ । दशैंका लागि आवश्यक पर्ने सवारी साधनको प्रवन्ध गर्ने प्रतिवद्धता यातायात व्यवसायीले गरेका छन् । सरकारले दशैंका लागि घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर सबै यात्रुबहाक सवारी साधनको रुट परमिट खुला गर्ने जनाएको छ । 

Advertisement

Advertisement