सीजी ब्राण्डको दशैं-तिहार उपहार योजनाः  रु. ४६,००० सम्मको ‘क्यासब्याक’, विभिन्न उपहारहरु पक्का

Advertisement

काठमाडौँ । इलेक्ट्रोनिक्स् ब्राण्ड सीजीले यसपालीको दशैं, तिहार, तथा छठकोचाडपर्वलाई लक्षित गर्दै नयाँ उपहार योजना बजारमा ल्याएको छ । सीजीसँग यो पर्व, गरौं गर्व नामक यस योजना अन्तर्गत कम्पनीले रु. ४६,००० सम्मको आकर्षक क्यासब्याकका साथै विभिन्न पक्का उपहारहरु जित्ने अवसर प्रदान गर्ने भएको छ । 

कम्पनीका अनुसार ग्राहकवर्गहरुले सी.जी. ब्राण्ड साथैसी.जी. ब्राण्ड अन्तर्गतको सीजी मेरिडिया सिग्नेचर सिरिजका प्रोडक्टहरु घर ल्याई गर्वका साथ नेपालको आप्mनै गुणस्तरीय ब्राण्ड प्रयोग गर्न सक्ने छन् भने आकर्षक क्यासब्याक तथा उपहारहरुको आनन्द लिई पर्वलाई महापर्व बनाउन सक्ने छन् । 

Advertisement

उक्त योजना अन्तर्गत ग्राहकहरुले सीजी ब्राण्डका सिंगल डोर रेफ्रिजरेटर, चेस्ट फ्रिजर, स्पिकर, कुलर तथा भ्याकुम क्लिनरको खरिदमा आकर्षक क्यासब्याक पाउन सक्ने छन् । साथै, सीजीका ४३ इन्चसम्मका टेलिभिजनहरुको खरिदमा आकर्षक क्यासब्याक तथा ५० इन्च भन्दा माथिका टेलिभिजनहरुमा २.१ स्पिकर उपहार पाउन सक्ने छन् । 

त्यसैगरी, सीजी डबल डोर रेफ्रिजरेटरको खरिदमा फ्राइ प्यान, मल्टी डोर रेफ्रिजरेटरमा मेरिडिया भ्याकुम क्लिनर, माइक्रोवेभको खरिदमा एल.जी. कुकिङ्ग किट, फ्रन्ट लोड वाशिङ्ग मेशिनको खरिदमा ६ केजी एरियल, सेमी तथा टप लोड वाशिङ्ग मेशिनको खरिदमा २ केजी एरियल, डिश वाशरको खरिदमा २ प्याकेट डिश वाश प्याकेट तथा ए.सी. को खरिदमा निःशुल्क जडान जस्ता पक्का उपहारहरु प्राप्त गर्न सक्ने छन् । 

यो योजना भदौ ९ गतेदेखि देशभरमा सीमित अवधिका लागि लागु गरेको कम्पनीले जनाएको छ ।

Advertisement

Advertisement