आइएमई पे मार्फत फोनपे क्युआर स्क्यान गर्दा रू. १ लाख जित्ने मौका

Advertisement

काठमाडौँ । आइएमई पे र फोन पेबीच समझदारी भएको छ । सम्झौता पत्रमा आइएमई पेका निमित्त प्रमुख कार्यकारी अध्यक्ष आमोद भट्टराइ र फोनपेका बिज्नेस डेभलप्मेन्ट म्यानेजर रुशान्त श्रेष्ठले हस्ताक्षर गरेका छन् ।  

समझदारी अनुसार  क्युआर स्क्यानमा रू. १,००,००० सम्म जित्न सकिने अवसर हुनेछ  भने त्यसका अतिरिक्त अन्य डिस्काउन्ट अफरहरुका पनि व्यवस्था मिलाइएको छ । 

Advertisement

नेपालको महान चाडपर्वको अवसर पारी फोनपेले दशैँमा १० दिनको र तिहारमा ५ दिनको अफर सार्वजनिक गरेको छ । जस मार्फत प्रयोगकर्ताहरुले हरेक दिन आइएमई पे मार्फत फोनपे क्युआर स्क्यान गरेर भुक्तानी गर्दा रु. १,००,००० जित्ने मौका पाउने छन् । 

यसको साथै यहि असोज १४ गते पर्ने आइएमई पेको ‘क्युआर डे’ मा प्रयोगकर्ताहरुले आइएमई पे मार्फत फोनपे क्युआर स्क्यान गरी भुक्तानी गर्दा १०% छुट (अधिकतम रु. १००) पनि प्राप्त गर्न सक्ने छन् ।  
 

Advertisement

Advertisement