यती एयरलाइन्सले ल्यायो चाडपर्व लक्षित उपहार योजना, यस्ता छन् आकर्षण

Advertisement

काठमाडौं । यती एअरलाइन्सले दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गरी आफ्ना यात्रुका लागि उपहार योजना ल्याएको छ । ‘यतीमा मङ्गलमय फ्लाईट, बम्परमा जितौँ नयाँ राइड’ नारासहित एयरलाइन्सले उपहार योजना सार्वजनिक गरेको हो । 

यस योजनाअन्तर्गत यात्रुलाई बम्पर उपहारस्वरुप ‘रे जेडआर’ स्कुटर, हिराको टप र वासिङ मेसिन प्रदान गर्ने कम्पनीले जनाएको छ । यसबाहेक हात खाली नजाने उपहारस्वरुप दराज, भोज डिल्स र नमस्ते पे को डिस्काउन्ट भौचर प्राप्त हुनेछ । हरेक हप्ता एक–एक जनालाई निःशुल्क फ्रि माउन्टेन फ्लाईट र रिटर्न टिकट प्राप्त गर्न सक्ने एअरलाइन्सले जनाएको छ । 

Advertisement

घटस्थापनाको दिनदेखि लागू हुने यस योजनाअन्तर्गत प्रथम पुरस्कारको प्रयोजन यमाहा, दोस्रो पुरस्कार श्री बालाजी डायमण्ड (एसबीडी) र तेस्रो पुरस्कार यसुदाको आधिकारिक बिक्रेता बिग डिजिटलले प्रायोजन गरेको एअरलाइन्सले जनाएको छ ।

यती एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार कात्तिक २५ गतेसम्म यो योजना चल्ने बताउँदै यात्रुहरुले अग्रिम टिकट बुकिङ गरी सोही समयाभित्र उडान गर्नुपर्ने बताए । हात खाली नजाने उपहारको लागि यात्रुले विमानस्थलमा ‘चेक–ईन’ गर्दा बोर्डिङ पाससँगै प्रदान गरिने कुपनमा रहेको ‘क्यूआर कोड’ स्क्यान गर्नुपर्नेछ ।

त्यस्तै, हरेक हप्ता ‘फ्रि रिटर्न टिकट’ जित्नको लागि सोही कुपनको फोटो खिची यती एअरलाइन्सलाई सोसल मिडियामा ट्याग गर्नुपर्ने छ भने ‘फ्रि माउन्टेन फ्लाईट’ टिकटको लागि एअरलाइन्सले हप्तै पिच्छे ‘लक्की ड्र’ गर्ने कम्पनीले जनाएको छ । 

यात्रुले एकपटक यात्रा गर्दा नै २–३ वटा पुरस्कार जित्न सक्ने सम्भावना रहेको भन्दै एयरलाइन्सले दशैँ र तिहारको समयमा साथीभाइसँगको कुराकानीलाई अझ रमाइलो बनाउनका लागि यती एअरलाइन्सले भाइबर सँगको सहकार्यमा ‘यतीको उडान’नामक भाइबर स्टिकर पनि सार्वजनिक गरेको बर्तौलाले जानकारी दिए । 

भाइबर स्टिकरहरु डाउनलोड लिंकमार्फत् गर्न सकिन्छ । साथै सो लिंक डाउनलोड गरी हप्तैपिच्छे ‘फ्रि टिकट’जित्न सकिने यती एअरलाइन्सले जनाएको छ । असोज १० देखि कात्तिक २५ सम्म उडान भरेका टिकट नम्बरलाई गोलाप्रथामार्फत् प्रथम, द्वितीय र तृतीय विजेता घोषणा गरिने र सोको नतिजा एअरलाइन्सको फेसबुक पेजमार्फत् सार्वजनिक गरिने जनाइएको छ । 

Advertisement

Advertisement