ट्वाइलेटमा लडेर एमाले नेता बालकृष्ण ढुंगेलको निधन

Advertisement

काठमाडौँ । नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा संविधानसभाका सदस्य बालकृष्ण ढुंगेलको निधन भएको छ ।

आज काठमाडौं गोठाटारस्थित आफ्नै निवासको ट्वाइलेटमा लडेर निधन भएको हो । 

Advertisement

ढुंगेल घरमा एक्लै थिए । लामो समय जेलमा रहँदा ढुंगेल मिर्गौलासहित विभिन्न रोगबाट पीडित थिए ।

उनलाई २०६६ सालमा सर्वोच्च अदालतले ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या अभियोगमा सर्वस्वसहित जन्मकैद सजाय दिएको थियो । उनले २०७४ सालमा आम माफी पाएका थिए ।

Advertisement

Advertisement