चितवन १ मा पूर्व अर्थमन्त्री पाण्डे र अर्थशास्त्री पौडेलबीच प्रतिष्पर्धा हुने

Advertisement

काठमाडौँ । चितवन क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्यका लागि  पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे र अर्थशास्त्री विश्व पौडेलबीच प्रतिष्पर्धा हुने भएको छ । 

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष रहेका पौडेललाई उक्त क्षेत्रमा नेपाली काँग्रेसले टिकट दिएको हो । सो क्षेत्रमा यसअघि पनि निर्वाचित पाण्डेलाई फेरि पनि नेकपा एमालेले उम्मेदवार बनाउने भएको छ । 

Advertisement

चितवन क्षेत्र नं १ ‘क’ मा कांग्रेसका किरण भूषण ओलीले टिकट पाएका छन् भने प्रदेश क्षेत्र ‘ख’ बाट एकीकृत समाजवादीका कृष्ण खनाल उम्मेदवार बन्ने भएका छन् ।

Advertisement

Advertisement