पोखरा । लगातारको वर्षासँगै पोखराको पर्यटकीय क्षेत्र फेवातालमा जलकुम्भी झार फैलिएपछि मङ्गलबार बिहानदेखि पोखरा महानगरपालिकाले फेवाताल सरसफाइ अभियान सुरु गरेको छ ।
पोखराभित्र रहेका विभिन्न संघसंस्था तथा सरकारी कार्यालयका कर्मचारीहरुले बिहान तालमा फैलिएको जलकुम्भी झार तालबाट बाहिर निकालेका हुन् ।
दश वर्षदेखि फेवातालमा जलकुम्भी झार फैलिएकै छ । तस्बिरः ऋषिराम बराल /रासस