नेताहरुले प्रयोग गर्दा अलपत्र परेका पर्यटकहरुको उद्दार गर्न हेलिकप्टर अभाव

Advertisement

काठमाडौं । चुनावका लागि नेताहरुले हेलिकप्टरको प्रयोग बढी गर्दा हिमाली क्षेत्रमा अलपत्र परेका पर्यटकहरुको उद्दार गर्न हेलिकप्टर अभाव भएको छ । 

पर्यटन व्यवसायीहरुले निर्वाचन क्षेत्रमा जान आउन नेता कार्यकर्ताहरुले हेलिकप्टर बढी प्रयोग गरेका भारी बर्षासँगै हिमपातका कारण अलपत्र परेका पर्यटकहरुको उद्दार गर्न नसकिएको गुनासो गरेका हुन् । 

Advertisement

हेलिकप्टर अभावका कारण अलपत्र परेका पर्यटकहरु धेरै दिनसम्म उद्दार गर्न नसक्दा अन्तर्राष्ट्रियस्तरमा राम्रो सन्देश नगएको भन्दै उनीहरुले आपतकालिन कार्यका लागि प्रयोग गर्नुपर्ने साधनहरु राजनीतिक स्वार्थका लागि नेताहरुले प्रयोग गर्ने कुरा उचित नभएको बताएका छन् । 

अहिले हिमाली क्षेत्रमा सयौंको संख्यामा पर्यटकहरु अलपत्र अवस्थामा छन् । खराब मौसमका कारण त्यस क्षेत्रमा केही दिनदेखि जहाज पनि चल्न सकेको छैन् । ट्रेकिङ एजेन्सिज एशोसियशन अफ नेपाल (टान)का निवर्तमान अध्यक्ष खुमबहादुर सुवेदीले धेरै दिनसम्म पर्यटकहरु उद्दारको पर्खाईमा बस्नुपर्दा खानपिन र बसोबासमा कठिनाई भएको, त्यसका कारण उनीहरुको स्वास्थ्यमा समेत समस्या आउँदासमेत सरकार, राजनीतिक दल र नेताहरु उद्दासिन भएको भन्दै यस्तो कठिन अवस्थामा हेलिकप्टरहरु दुरुपयोग हुनु दुखद् भएको बताए । 

उनले हेलिकप्टर आपतकालिन अवस्थामा प्रयोगका लागि प्राथमिकता दिनुपर्नेमा पार्टीका नेता कार्यकर्ता ओसार्न प्रयोग गर्ने गराउने काम गलत हो भन्दै यस्तो संवेदनशील विषयमा लापर्वाही गर्नेलाई कस्ले कारवाही गर्ने ? भनी प्रश्न गरे । 

सुवेदीले भने, ‘पर्वातारोहण जानेहरुको उद्दारका लागि हेलिकम्टर एक मात्रै विकल्प मानिन्छ । त्यस्तो संवेदनशील विषयमा समेत लापरबाही हुनु दुखद् हो । चुनावलाई देखाएर नेताहरुको दबाबमा हेलिकम्टरहरु प्रयोग गरेको सुन्दा राम्रो लागेन् । यसले नेपालको सन्देश बाहिर राम्रो जाँदैन् । नेपालको पर्यटन उद्योगलाई नै ठूलो हानी गर्छ । नेपालमा पर्यटक ल्याउनु मात्रै ठूलो कुरा होइन् । उनीहरुलाई सहज र सुरक्षित ढंगले फर्किने कुराको सुनिश्चितता गर्नु ठूलो कुरा हो ।’
 


 

Advertisement

Advertisement