पशुपति क्षेत्रका बिरुवालाई सिभिल बैंकले दियो दुई सय वटा ‘ट्रि–गार्ड’

Advertisement

काठमाडौं । सिभिल बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत पशुपति क्षेत्रमा रोपिएका बिरुवाहरुको संरक्षणको लागि दुईसय वटा ‘ट्रि–गार्ड’ उपलब्ध गराएको छ । 

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सचिनजङ्ग रायमाझीले ट्रि–गार्डहरुको हस्तान्तरण पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव मिलनकुमार थापालाई गरे । यी ट्रि–गार्डहरुको मूल्य करिब रू ८ लाख रुपियाँ रहेको बैंकको भनाई छ । 

Advertisement

यसअघि पनि पशुपति क्षेत्रको पार्किङ क्षेत्रमा तीनसय वटा ट्रि–गार्डहरुसहितको बिरुवाहरु लगाई सो बिरुवाहरुलाई राम्ररी हुर्काउन पाँच वर्षसम्म लाग्ने सम्पूर्ण खर्चहरु समेत बहन गर्दै आइरहेको छ । 

हिन्दु धर्मावलम्बीहरुको आस्थाको केन्द्र पाशुपत क्षेत्रको सुन्दरतामा टेवा पुर्याउन पाउँदा आफूलाई खुशी लागेको बैंकको भनाई छ । 

Advertisement

Advertisement