तीनवटा हेलिकप्टर प्रयोग गरेर सिम्रिक एयरले गर्यो २०० भन्दा बढी बाढी पीडितको उद्धार

Advertisement

काठमाडौं । निजी हवाई सेवा कम्पनी सिम्रिक एयरले बाढी पहिरोमा परी बिचल्लिमा परेका २०० भन्दा बढी पीडितहरुको उद्धार गरेको जनाएको छ । गत बिहिवारदेखि शनिबार बेलुकासम्म परेको अविरल वर्षाका कारण बाढी पहिरो जाँदा अलपत्र परेका पीडितहरुलाई एयरले तीनवटा हेलिकप्टर प्रयोग गरेर उद्धार गरेको जनाएको हो ।

बाढी पहिरोमा परी विचल्ली भएकाहरु र बाटो बन्द हुँदा बिच बाटोमा नै अलपत्र परेका यात्रुहरुले एयरले उद्धार गरेको हो । 
रोशी, नेपालथोक र रामेछापमा अलपत्र परेका यात्रु, बिरामी तथा घाईतेहरुले एयरले आइतबार एउटा र शनिबार दुईवटा हेलिकप्टर प्रयोग गरेर उद्धार गरेको सिम्रिक एयरले जनाएको छ । बिचल्ली परेका यात्रु तथा अन्य घाइतेहरुलाई हेलिकप्टरले धुलिखेलसम्म ल्याएको थियो ।

Advertisement

प्रकोपका समयमा अन्य नियमित उडानलाई समेत स्थगन गरि प्रकोपग्रस्त क्षेत्रको उद्धारमा हेलिकप्टरहरु परिचालन गरिएको कम्पनीले जनाएको छ । 

Advertisement

Advertisement