पोखरामा प्याराग्लाइडिङ दुर्घटनामा सेनाका खेलाडीको मृत्यु

Advertisement

काठमाडौं । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा प्याराग्लाइडिङतर्फ भाग लिएका नेपाली सेनाका खेलाडी २६ वर्षीय निसिम थापाको मृत्यु भएको छ ।

कस्की प्रहरी प्रवक्ता डिएसपी सुन्दर तिवारीका अनुसार प्याराग्लाइडिङ गर्दागर्दै करिब सय मिटर माथिबाट सराङकोटमा खसेर थापाको मृत्यु भएको हो । 

Advertisement

आर्मीका खेलाडी थापालाई उपचारको लागि मेट्रोसिटी अस्पताल पुगेपछि चिकित्सकले १२ः१५ बजे मृत्यु घोषणा गरेको थियो । 

Advertisement

Advertisement