विश्व लगानीकर्ता सप्ताहमा रोटर्याक्टहरुलाई प्रभु क्यापिटलले दियो तालिम

Advertisement

काठमाडौं । विश्व लगानीकर्ता सप्ताह २०२२ को अवसरमा प्रभु क्यापिटल लिमिटेडले रोटर्याक्ट क्लब अफ पाटन वेस्टका सदस्यहरुका लागि शेयर बजार सम्बन्धी वेसिक, फण्डामेन्टल र टेक्निकल अनालाइसिस अफ सेक्युरिटी मार्केट्स बिषयमा प्रशिक्षण प्रदान गरेको छ ।

कार्यक्रम राजधानी मोडेल कलेज, पुरानो बानेश्वर, काठमाडौंमा आज सम्पन्न भएको हो । रोटर्याक्ट क्लब अफ पाटन वेस्टका करिब २० जना सदस्यहरुको सहभागिता भएको उक्त तालिम कार्यक्रममा प्रभु क्यापिटल लिमिटेडका प्रमुख लगानी अधिकृत दुर्गानन्द झाले सहजीकरण गरेका थिए भने कार्यक्रमको उद्येश्य तथा महत्वबारे सञ्चालन विभाग प्रमुख बसन्ता उपाध्यायले प्रकाश पारेकी थिइन् ।

Advertisement

प्रशिक्षणमा शेयर बजार तथा प्राथमिक तथा दोश्रो बजार सम्बन्धी आधारभुत कुराहरु, शेयर बजारमा दिर्घकालीन लगानी गर्दा पाईने प्रतिफल, आधारभूत तथा प्राविधिक विश्लेषण तथा पोर्टफोलियो व्यवस्थापन तथा लगानीमा हुने जोखिम व्यवस्थापन सम्बन्धी विषयहरु समेटिएको थियो । 

प्रभु क्यापिटलले शेयर लगानीमा सचेतना अभिवृद्धिका लागिे समय समयमा शेयर तथा पूँजी बजारसंग सम्बन्धित तालिम कार्यक्रमहरु, विविध वर्कसप तथा सचेतना कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेको छ  । 
 

Advertisement

Advertisement