सत्र नविन व्यवसायिक आइडियालाई स्टार्टअप उद्यमीका रुपमा छनौट

Advertisement

काठमाडौँ । उद्योग संगठन मोरङले यस बर्ष १७ वटा नविन व्यवसायिक आइडियाहरुलाई स्टार्टअप उद्यमीका रुपमा छनौट गरेको छ । 

नविन सोच बिचार तथा अवधारणा भएका यूवाहरुलाई उद्यमशिलतामा रुपान्तरणका लागी सहजिकरण गरि नयाँ व्यवसायहरुको श्रृजना गर्न उत्प्रेरकको भूमिका निर्वाह गर्ने उद्देश्यले संगठनले गत बर्षदेखि सञ्चालन गरेको स्टार्टअप एण्ड इनोभेशन कार्यक्रम अन्तरगत दोश्रो ब्याचका लागी १७ युवा उद्यमी छानिएका हुन् । 

Advertisement

यस बर्ष छानिएका नवउद्यमीहरुमा छ जना महिला र ११ जना पुरुष छन । छनौट भएका स्टार्टअपलाई गत आश्विन २७ देखि ३० गतेसम्म ४ दिनको बुट क्याम्पमा राखी बिजनेश हेल्थ चेकअप गरि मेन्टर तथा बिजनेश कोचहरुसंग म्याच मेकिङ गरि ४ दिने बुट क्याम्प सम्पन्न भएको छ । नव उद्यमीलाई सघाउन कार्यक्रम अन्तरगत १८ जना मेन्टर, ५ जना बिजनेश कोच र ६ जना स्टार्टअपफेलो समेत चयन गरिएको छ । 

कार्यक्रम अन्तरगत छनौट भएका स्र्टाटअपहरुको व्यवसायिक योजना तयारी, सो अनुरुप आवश्यक पर्ने प्राविधिक बिषयहरुमा मेन्टरसिप, कोचिङ तथा परामर्श सेवा, नेटवर्क विस्तारका साथै बुट क्याम्पको आयोजना जस अन्तरगत बिजनेश क्यानभास मोडेल, बिजनेश हेल्थ चेक अप, उपभोक्तासंग साक्षात्कार गराउन हाटबजार एवं विभिन्न बिषयगत कार्यक्रमहरुका माध्यमबाट १२ महिना व्यवासायिक सेवा उपलब्ध गराउदै आवश्यक पर्ने लगानीमा समेत सहजिकरण गरिने कार्यक्रम रहेको संगठनका स्टार्टअप कार्यक्रमका समितिका संयोजक सुरेन्द्र गोल्छाले बताए । 

कार्यक्रम कार्यान्वयनका लागी प्रदेश सरकार उद्योग श्रम तथा रोजगार मन्त्रालय, बिराटनगर महानगरपालिका, स्विस कन्ट्याक्ट, आसामान नेपाल, पूर्वाञ्चल विश्व विद्यालय, अन्तरप्रेरणा प्रालि, नबिल बैंक लिमिटेड, नेपाल युवा उद्यमी मञ्च लगायतका संस्थाहरुसंगको सहकार्य गरिएको छ ।  

स्टार्टअप व्यवसायको प्रवर्धन र विकासका लागी सरकार, अनुसन्धानमुलक संस्थाहरु एवम् निजी क्षेत्रबीच समन्वय गरि प्रदेश नं १ को नमुनाको रुपमा व्यवसाय विकासका व्यवस्थापकिय एवं प्राविधिक सेवाहरुको दिगो इकोशिष्टमको जग बसाल्ने लक्ष्यका साथ संगठनले व्यवसायिक सामाजिक जिम्मेवारी अन्तरगत गएको बर्ष देखि संगठनले प्राथमिकताका साथ यो कार्यक्रम अघि बढाएको छ ।  

Advertisement

Advertisement