युनिग्लोव कलेज उत्कृष्ट विजिनेस स्कूल अवार्डद्वारा सम्मानित

Advertisement

काठमाडौँ । काठमाडौंको नयाँ बानेश्वरमा रहेको युनिग्लोव कलेज यस वर्षको उत्कृष्ट विजनेस स्कुल अवार्ड–२०२२ द्वारा सम्मानित भएको छ । संयुक्त अरब इमिरेट्स (यूएई) को दुबई शहरमा आयोजित कार्यक्रममा उक्त अवार्ड प्रदान गरिएको हो । 

कलेज रिडर्सले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि दुबई विजिनेश काउन्सिलका अध्यक्ष डा. आशिक अलि,  विशिष्ट अतिथि दुबई सरकारका प्रतिनिधि एवं दुबई सुरक्षा प्रमुख महोम्मद हुसेन र नेपालबाट मधेश विश्वविद्यालयका उपकुलपति प्राडा दिपक शाक्यद्धारा संयुक्त रुपमा उक्त अवार्ड प्रदान गरिएको हो । 

Advertisement

उक्त अवार्ड वितरण कार्यक्रममा कलेजका तर्फवाट प्राचार्य डा. नरबहादुर बिष्ट र कार्यकारी निर्देशक डा. गंगाधर दाहाल सहभागी भएका थिए । साथै सोही कार्यक्रममा युनिग्लोव कलेजका प्राचार्य डा. नरबहादुर बिष्ट पनि उत्कृष्ट प्राचार्य अवार्डबाट सम्मानित भएका छन् । 

युनिग्लोव कलेजले पोखरा विश्वविद्यालयबाट सम्बन्धन लिई बीबीए, बीबीए–बीआई, एमबीए र एमबीए (फाइनान्स) का शैक्षिक कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेको छ । शैक्षिक गुणस्तरमा अब्बल साबित यस कलेजले पोखरा विश्वविद्यालयबाट उत्कृष्ट नतिजाको लागि ९ वटा स्वर्ण पदक प्राप्त गरिसकेको छ ।

हरेक वर्ष अन्तर्राष्ट्रिय सम्मेलन गर्दै आइरहेको यस कलेजले हाल सम्म १० वटा अन्तर्राष्ट्रिय सम्मेलन गरिसकेको र बिदेशमा आयोजित ४० वटा भन्दा बढी अन्तर्राष्ट्रिय सम्मेलन तथा तालिमहरुमा समेत विद्यार्थीहरुलाई सहभागी गराईसकेको छ । 

अनुसन्धानमुलक शिक्षालाई जोड दिदै आइरहेको यस कलेजले हरेक वर्ष ४ वटा  जर्नलहरु प्रकाशित गर्दै आइरहेको छ । भौतिक सुविधाले सम्पन्न काठमाडांैको नयाँ बानेश्वर केन्द्रमा रहेको यस कलेजले नेपालमा व्यवस्थापन विधामा अन्तर्राष्ट्रिय स्तरको शिक्षा प्रदान गर्दै आईरहेको छ । 

उत्कृष्ट प्राचार्य अवार्डबाट सम्मानित डा. नरबहादुर बिष्टले नेपालको परिपेक्षमा युनिग्लोव कलेजले अनुसन्धानमुलक, व्यवहारिक तथा सिपमुलक शिक्षण पद्धति मार्फत रोजगारमुखी व्यवस्थापक, उद्यमसील र नेतृत्वदायी मानव संसाधन उत्पादन गरि अन्तर्राष्ट्रिय स्तरको शिक्षा नेपालमा नै प्रदान गरिरहेकोे बताए । यस कलेजले २०१८, २०१९ र २०२२ मा पनि एमविए र बिबिएतर्फ उत्कृष्ट कलेज अवार्ड प्राप्त गरिसकेको छ ।  

Advertisement

Advertisement