प्याराग्लाइडिङ दुर्घटनामा ज्यान गुमाएका थापालाई मानार्थ स्वर्ण पदक, शालिक पनि बनाइने

Advertisement

पोखरा । नवौं राष्ट्रिय खेलकुदका क्रममा प्याराग्लाइडिङ दुर्घटनामा परेर मृत्यु भएका खेलाडी निसिम थापालाई मानार्थ स्वर्णपदक प्रदान गरिएको छ । गोरखा स्थायी निवासी उनले नेपाली सेनाको तर्फबाट खेलमा भाग लिएका थिए ।  

प्याराग्लाइडिङअन्तर्गत क्रसकन्ट्री विधामा प्रतिस्पर्धा गर्ने क्रममा यही गएको असोज ३० गते खसेर उनको मृत्यु भएको थियो । उक्त दुर्घटनापछि प्लाराग्लाइडिङतर्फको खेल रोक्किनुका साथै नागरिक उड्डयन प्राधिकरणले देशभर सबै ठाउँमा प्याराग्लाइडिङ उडानमा अनिश्चित कायका लागि रोक लगाएको थियो । 

Advertisement

स्वर्गीय थापालाई बिहीबार युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले ले मानार्थ स्वर्ण पदक प्रदान गरे । पदक थापाका काका भेनिस थापालाई हस्तान्तरण गरिएको थियो । स्वर्गीय थापाको सम्मानमा उक्त पदक प्रदान गरिनुका साथै पोखरा रंगशालामा अर्धकदको शालिकसमेत बनाउने निर्णय गरिएको छ । 

Advertisement

Advertisement