बाराही हाइड्रोपावरको आईपीओ आजदेखि, कस्ले भर्न पाउँछन् ?

Advertisement

काठमाडौँ । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले आजदेखि साधारण शेयर (आईपीओ) निष्काशन खुला गरेको छ । 

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि २ लाख ५० हजार कित्ता आईपीओ निष्काशन खुला गरेको हो ।  

Advertisement

आईपीओका लागि कात्तिक छिटोमा १८ गतेसम्म र ढिलोमा मङ्सिर ४ गतेसम्म आवेदन दिन सक्ने छन् । बाग्लुङ जिल्लाको जैमिनी नगरपालिकाको सबै वडाका स्थानीयले आईपीओ भर्न पाउने बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले जनाएको छ । 

आयोजना प्रभावितलाई आईपीओ बाँडफाँट पछि सर्बसाधारणका लागि ४ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्ने बिक्री प्रबन्धकले उल्लेख गरेको छ । 

Advertisement

Advertisement