तिहार विशेष परिकार बनाउँदा के कुरामा ध्यान दिने ? यस्तो छ पोषणविद् मधु थापाको सुझाव

Advertisement

काठमाडौं । हामीले तिहारमा सेलरोटी जस्ता तेलमा तारेका, भुटेका खानेकुरा खान्छौं भने पोषणविदले त्यस्ता खानेकुरा स्वदकालागि मात्र नभई स्वास्थ्यका हिसाबले विचार गरेर खान सुझाव दिएका छन् । खानपानमै आउने असन्तुलनका कारण स्वस्थ्यमा विभन्न गडबढी देखापर्ने भन्दै पोषणविदले खानपानको अवस्था सुधार गर्न आवश्यक रहेको बताएका हुन् ।

यस्तो छ पोषणविद मधु थापाको तिहार विषेश सुझाव

Advertisement

धेरै तताउँदा तेलको गुणस्तर घट्छ त्यस्तो तेल स्वास्थ्यकालागि राम्रो हुँदैन । अर्को कुरा एउटै तेलमा धेरै थरीका खानेकुरा बनाउनु पनि राम्रो होइन । 

चाडबाडमा थोरै चिल्लो रोटीहरु खाँदा केही पनि हुँदैन । तर वर्षमा एक दिन खानु पर्ने खानेकुरा भन्दै धेरै दिनसम्म खाँदा चाही त्यसले असर गर्छ । तिहार भन्ने बित्तीकै चिल्लोचाप्लो खाने कुराहरु खाने चलन हाम्रो नेपाली समाजमा छ । 

त्यस्तै, मासु पनि सेलसँग खान सकिन्छ तर त्यस्तो बेलामा मासुमा चिल्लो राखेर बनाउनु हुँदैन । मानिसको तौल, उचाईको आधारमा हामीले खानेकुरा खानुपर्छ । त्यसरी मात्रा मिलाएर खाएमा असर गर्दैन । तर, अहिले मासुमा पनि आफैमा बोसो हुने र त्यसमा पनि चिल्लो रोटीहरु मिलाएर खाँदा धेरै किसिमको समस्या आउन थालेका छन् ।

मुख्यतय चाडबाडको बेलामा हामीले कुनै पनि तालिकाको पालना गर्दैनौ । यसले एक किसिममा रमाईलो त हुन्छ तर अर्कोतर्फ त्यही तालिका बिना काम गर्दा स्वास्थ्यमा विभिन्न समस्या समेत देखिने गरेको छ । 

मदिरासँग त कहिल्यै पनि चिल्लो खान हुदैन । त्यसले मानिसहरुको अनावश्यक तौल वृद्धि गराउँछ । नसर्ने किसीमको रोग, मुटु रोग, चिनी रोग, हाइपर टेन्सन जस्ता नसर्ने रोगहरु बढ्दै जान्छ । 

अर्को कुरा भनेको धेरै भन्दा धेरै मिठाई पनि खाने गरेको हामीले पाउँछौं । मिठाईमा चिनीको मात्रा बढी भएको हुने भएकाले हामीले त्यस्ता खानेकुरा सकेसम्म नखाने वा कम खाने गर्नुपर्छ । अझ अहिले त अधिकांशमा मधुमेह र रक्तचापको समस्या देखिन थालेको छ । यस्तो अवस्थामा हामीले रोग लाग्नु भन्दा अगाडी नै सावधानी अपनाउन जरुरी हुन्छ । 

हामीले खानपानमा राम्रोसँग ध्यान दियौं भने पनि धेरै रोगहरु लाग्ने सम्भावना आफैमा कम हुन्छ । शरिरले मागेको अनुसार हामीले खानुपर्छ भने शरिरलाई हानी नोक्सानी गर्ने किसिमका खानेकुराहरु खानुहुँदैन । मदिराले त शरिरलाई हानी गर्छ भन्ने हामी सबैलाई थाहाँ छ तर त्यसमा पनि अन्य शरिरलाई हानी गर्ने किसिमका खाने कुरा हामीले खाएमा त्यसले थप नकारात्मक असर गर्छ । 

खानेकुराहरु मात्रा मिलाएर वा सन्तुलित बनाएर खाएमा त्यसले असर गर्दैन । तर, त्यही खाने कुराको सन्तुलन बिग्रियो भने त्यसको पनि चौतर्फी प्रभाव हुन्छ । चाडबाडमा हामीले स्वादकालागि त धेरै कुरा खान्छौं तर अब स्वादसँगसँगै स्वास्थ्यका हिसाबले पनि खानेकुरा खान जरुरी छ । मात्रा मिलाएर खानु भनेको आफैलाई र आफ्नो ख्यास्थ्यको ख्याल गर्नु हो । अहिले स्वास्थको ख्याल गर्नु निकै जरुरी समेत भइसकेको छ ।

Advertisement

Advertisement