सेञ्चुरी बैंकले नाफा बढायो, पहिलो त्रैमासमा कमायो ३१ करोड खुद नाफा

Advertisement

काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंकले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमासमा ३१ करोड ८५ लाख रुपियाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा बैंकले २७ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । 

बैंकद्वारा आज प्रकाशित वित्तीय विवरण अनुसार बैंकको वितरणयोग्य मुनाफा ४५२.३६ बढेर ५४ करोड ७१ लाख रुपियाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो मुनाफा ९ करोड ९० लाख रुपैयाँमा थियो । 

Advertisement

बैंकले सञ्चालन मुनाफाबापत ४३ करोड ९५ लाख रुपियाँ आर्जन गरेको छ । बैंकले १ अर्ब ७ करोड रुपियाँ खुद ब्याज आम्दानी गरेको छ । 

पहिलो त्रैमासमा बैंकले ९५ अर्ब २७ करोड रुपियाँ निक्षेप संकलन गरी ८५ अर्ब १ करोड रुपियाँ कर्जा लगानी गरेको छ । 

बैंकको रिजर्भको आकार २ अर्ब ३६ करोड रुपियाँ छ । प्रतिसेयर आम्दानी १३.३४ रुपियाँ छ । अघिल्लो वर्ष ईपीएस १२.०६ प्रतिशत रहेको थियो ।  प्रतिशेयर नेटवर्थ १३०.५२ रुपियाँ रहेको आज प्रकाशित वित्तीय विवरणमा उल्लेख छ । 

Advertisement

Advertisement