एनएमबि बैंकले कमायो ९० करोड खुद नाफा, अरु सूचक यस्ता छन्

Advertisement

काठमाडौँ । एनएमबि बैंकले चालु आव २०७९/८० को पहिलो त्रैमासमा ९० करोड ४१ लाख रुपियाँ खुद नाफा कमाएको छ । बैंकले गत आवको समीक्षा अवधिमा बैंकले १ अर्ब ४ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकले आज प्रकाशित गरेको वित्तीय विवरण अनुसार २ अर्ब २३ करोड ३१ लाख रुपियाँ वितरण योग्य नाफा कमाएको छ । 

Advertisement

बैंकले १ खर्ब ८० अर्ब ६९ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ७८ अर्ब ७१ करोड रुपियाँ कर्जा प्रवाह गरेको छ । 

पहिलो त्रैमासमा बैंकको आधारदर, १०.१५ प्रतिशत, स्प्रेडदर ३.७९ प्रतिशत, सीडी रेसियो ८६.९४ प्रतिशत र प्रतिशेयर नेटवर्थ १ सय ५१ रुपियाँ ६० पैसा रहेको वित्तीय विवरणमा उल्लेख छ ।

Advertisement

Advertisement