काठमाडौं । परिवारसहित नेपाल आएका विश्व प्रसिद्ध साहसिक खेलाडी बियर ग्रिल्सले राजधानीमा रहेको ‘स्टेट थ्रि केटियम’मा १४ पिक कक्टेलको स्वाद लिएका छन् ।
सोलुखुम्बुस्थित स्याङबोचमा स्काई ड्राइभिङ गरी काठमाडौं फर्किएका उनले कीर्तिमानी पर्वतारोही मिङ्मा डेविड (ग्याबु) शेर्पाले संचालनमा ल्याएको ‘स्टेट थ्रि केटियम’मा १४ पिक कक्टेलको स्वाद लिएका हुन् ।
सोही रेष्टुरेन्टका अर्का संचालक विश्व पुरीका अनुसार ‘म्यान भर्सेस वाइल्ड’का प्रस्तोता तथा टेलिभिजन पर्सनालिटी ग्रिल्स स्वदेश फर्किनु एक दिनअघि सपरिवार सोमबार साँझ ‘स्टेट थ्रि केटियम’ आएका हुन् ।
्ग्रिल्सले आफ्नो रेस्टुरेन्टको मुख्य आकर्षण १४ पिक कक्टेलको स्वाद लिँदा निकै खुःसी महशुस भएको उनले बताए । त्यस क्रममा उनले पर्वतारोही र पर्यटन व्यवसायीहरुलाई भेटेका थिए । पुरीले विश्व प्रसिद्ध सेलिब्रेटीहरु नेपाल आउँदा पर्यटन क्षेत्रमा ठूलो टेवा पुग्ने बताए ।
यसअघि पनि अमेरिकी गायक माइक पोस्नर, अमेरिकन आइडलका उपविजेता नेपाली मुलका अमेरिकी गायक दिवेश पोखरेल ‘अर्थर गन’ले गत भदौ २ गते स्टेट थ्रि केटियममा आफ्नो प्रस्तुती दिएका थिए ।
कीर्तिमानी पर्वतारोही शेर्पाका अनुसार नेपालमा स्काई डाइभिङ, प्याराग्लाइडिङ, साइकलिङ, बोटिङ गर्न ग्रिल्स एलिट एक्सिपिडसन कम्पनीमार्फत नेपाल आएका हुन् ।
ग्रिल्स यसअघि सगरमाथा र अमा दब्लम हिमाल चढिसकेका छन् । उनी डिस्कभरी च्यानलको एड्भेन्चर शोका कारण चर्चित छन् । बेलायती नागरिक ग्रिल्स साहसिक व्यक्ति मात्रै नभएर लेखक, टेलिभिजन प्रस्तोता र व्यवसायी पनि हुन् ।
पर्वतारोही शेर्पाले स्टेट थ्रि केटियम सञ्चालनमा ल्याउनुको मुख्य उद्देश्य विभिन्न क्षेत्रका व्यवसायी, साहसिक व्यक्ति, आरोहीलाई एक अर्कासँग कनेक्ट गर्नु रहेको बताए । आफ्नो रेष्टुरेन्टको विशेषता खाना, संगीत र चुस्की भएको उनले बताए ।