काठमाडौं । विज एयरवेजले एक महिनापछि मात्रै भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट भैरहवा–कुवेत उडान सुरु गर्ने भएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार अपरेशनल सेफ्टी एसेसमेन्ट (ओएसएस)का लागि एक महिना समय लाग्ने भएकाले उक्त एयरवेजले एक महिनापछि मात्र उडान सुरू गर्ने तयारी गरेको हो ।
यसअघि विज एयरवेजले आज (कात्तिक १३)देखि गौतम बुद्ध विमानस्थलबाट उडान सुरु गर्ने बताएको थियो । अब डिसेम्बर १ तारिखबाट मात्रै उसले उडान सुरु हुने प्राधिकरणको भनाई छ ।
जेठ २ गतेदेखि व्यवसायिकरुपमा सञ्चालनमा आएको गौतमबुद्ध विमानस्थलमा जजिरा एयरवेजले मात्र अन्तर्राष्ट्रिय उडान गरिरहेको छ । आबुधावीबाट भैरहवाका लागि विज एयरले सातामा तीन उडान गर्न प्राधिकरणबाट अनुमति लिइसकेको छ ।