मंसिर ४ नजिकिंदैः उम्मेदवारहरु घरदैलो र खेतबारीमै पुग्दै

Advertisement

चन्द्रपुर । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मिति मंसिर ४ गते नजिकिएसँग उम्मेदवारहरु घरदैलोमा व्यस्त रहेका छन् । 

मतदाताहरु आफ्नो पक्षमा पार्न बिहान, दिउँसो र राती समेत उम्मेदवारहरु सक्रिय भइरहेका छन् । 

Advertisement

जनताको घरदैलो र खेतबारीमै पुगेर समेत उम्मेदवारहरुले मत मागेका छन् । 

यसैक्रममा रौतहट जिल्लाको क्षेत्र नम्बर ४ मा पनि विभिन्न दलका उम्मेदवारहरुले चुनावी अभियानलाई तीब्र पारेका छन् । 

रौतहट क्षेत्र नम्बर ४ (क) को निर्वाचन अझै रोचक हुने देखिएको छ । सत्ता गठबन्धन दल नेकपा एकीकृत समाजवादी र नेकपा (माओवादी केन्द्र) बीच प्रदेश सभामा मित्रवत प्रतिष्पर्धामा उत्रिएका छन् । 

उक्त प्रदेश सभामा एकीकृत समाजवादीका वालकृष्ण श्रेष्ठ र माओवादी केन्द्रका युवराज भट्टराई उम्मेदवार छन् । प्रदेश सभा सदस्यमा एमालेका तर्फबाट अखिलेश्वर चौधरी चुनावी मैदानमा छन् । प्रदेश सभामा श्रेष्ठ, भट्टराई र चौधरीबीच कडा ठक्कर हुने देखिएको छ । प्रदेश (क) मा चन्द्रपुर नगरपालिकाका १० वडा र बृन्द्रावन नगरपालिकाका ३ वटा वडा पर्छ । यहाँ करीब ५९ हजार मतदाता छन् । 

त्यसैगरी प्रतिनिधि सभातर्फ भने नेपाली काँग्रेसका देवप्रसाद तिमल्सिना, एमालेका उद्धव रेग्मी र स्वतन्त्र उम्मेदवार अजय साहबीच मुख्य प्रतिष्पर्धा हुने देखिएको छ । 
 
 

Advertisement

Advertisement