नेशनल लाइफले सम्पन्न गर्यो तीन दिने ‘लिडर्स नाइट विथ पारस खड्का’ कार्यक्रम

Advertisement

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले अभिकर्ताहरुका लागि आयोजना गरेको तीन दिने ‘लिडर्स नाइट विथ पारस खड्का’ कार्यक्रम सोमबार सम्पन्न भयो । कार्यक्रम चन्द्रागिरी हिल्समा गरिएको कम्पनीले जानकारी दिएको छ । 

नेशनल लाइफले गएको साउनमा संचालन गरेको अभिकर्ता योजनाअन्तर्गतका लक्ष्य पूरा गर्न सफल अभिकर्ताहरुले कम्पनीका दूत (ब्राण्ड एम्बेसडर) समेत रहेका राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्कासँग साक्षात्कार गरे । 

Advertisement

कार्यक्रममा सीईओ सुरेश खत्री पनि सहभागी थिए ।

देशै भरीबाट उत्कृष्ट व्यवसाय गरी योजनामा छनौट भएका करिब एक सयभन्दा धेरै अभिकर्ताकहरुको सहभागिता रहेको जनाइएको यो कार्यक्रममा अभिकर्ताहरुको व्यवसायिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यले मोटिभेसनल प्रशिक्षक सौरभ लोहनीले आत्म अनुशासन तथा क्षमता विकाससम्वन्धी प्रशिक्षण दिएका थिए ।

Advertisement

Advertisement