तमलोपाका सिंहलाई पराजीत गर्दै महोत्तरी २ बाट लोसपाका भण्डारी निर्वाचित

Advertisement

काठमाडौं । महोत्तरी क्षेत्र नम्बर २ बाट लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार शरत सिंह भण्डारी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

तराई मधेश लोकतान्त्रिक पार्टीका विजयकुमार सिंहलाई १४ हजार ७० मतान्तरले पराजित गर्दै भण्डारी निर्वाचित भएका हुन् ।

Advertisement

भण्डारीले २५ हजार १९० मत पाउँदा सिंहले ११ हजार १२० मत पाए । 

एमालेका रामपरीक्षण यादवले १० २५८ मत, जनमत पार्टीका उमेशकुमार यादवले ५ हजार ९७१  र राष्ट्रिय स्वतन्त्र पार्टीका पवनकुमार झाले ३६० मत मात्र पाएका छन् । 

Advertisement

Advertisement