रेशम चौधरीको नागरिक उन्मुक्तिले थप्यो अर्को साँसद, कैलाली– २ बाट चौधरी निर्वाचित

Advertisement

काठमाडौं । कैलाली क्षेत्र नम्बर २ बाट नागरिक उन्मुक्ति पार्टीका उम्‍मेदवार अरूणकुमार चौधरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

नेकपा एमालेका उम्‍मेदवार झपटबहादुर रावललाई १३ हजार ७४३ मतान्तरले हराउँदै चौधरी विजयी भएका हुन् । चौधरीले २१ हजार ८७१ मत पाउँदा रावलले १६ हजार १२८ मत ल्‍याए । यस्तै, सत्तारुढ  गठवनधनबाट माओवादी केन्द्रका उम्‍मेदवार भगतबहादुर बढुवालले १५ हजार ११६ मत मात्र पाए ।

Advertisement

जेलमा रहेका रेशम चौधरीले गठन गरेको नागरिक उन्मुक्ति पार्टीले योसहित प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचनबाट तीन सिट पुर्याएको छ । 

Advertisement

Advertisement