चीन-रुस ऊर्जा प्रवर्धन गर्न तयार: चिनियाँ राष्ट्रपति सी

Advertisement

बेइजिङ । चिनियाँ राष्ट्रपति सी चिनफिङले मङ्गलबार चीन रुससँग ऊर्जा सहकार्यमा घनिष्ट साझेदारी गर्न तयार रहेको बताएका छन् । 

ऊर्जा सहयोग चीन र रुसबीचको व्यावहारिक सहयोगको महत्त्वपूर्ण आधारशिला हो र विश्व ऊर्जा सुरक्षा कायम राख्नको लागि सकारात्मक शक्ति  भएको राष्ट्रपति सीले चौथो चीन–रुस ऊर्जा व्यापार मञ्चलाई पठाएको बधाइ पत्रमा उल्लैक गरिएको छ । बाह्य जोखिम र चुनौतीहरूको सामना गर्दै दुई देशले सञ्चार र समन्वयलाई सुदृढ बनाएको र ठूला सहयोगी परियोजनाहरूलाई अगाडि बढाएको पनि उल्लेख गरे । 

Advertisement

राष्ट्रपति सीले यस नयाँ युगमा चीन–रूस बीच ऊर्जा विकासमा सहयोग र समन्वयको व्यापक रणनीतिक साझेदारीको व्यापक सम्भावनाहरूमा पनि जोड दिए । राष्ट्रपति सीले स्वच्छ र हरित ऊर्जा विकासमा जोड दिन र अन्तरराष्ट्रिय ऊर्जा सुरक्षा र औद्योगिक र आपूर्ति शृङ्खलाको स्थिरताको रक्षा गर्न र दीर्घकालीन, स्वस्थ र दिगो विकासमा नयाँ योगदान पुर्याकउन चिनियाँ पक्ष रुससँग हात मिलाउन तयार रहेको पनि बताए । 

यस्तै मङ्गलबार नै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पनि ऊर्जा व्यापार मञ्चलाई बधाइ पत्र पठाएका छन् । रासस/सिन्ह्वा 

Advertisement

Advertisement