यतीमा यात्रा गर्ने कुनाल विष्टले जिते यामहाको स्कुटर

Advertisement

काठमाडौं । यती एयरलाइन्सको चाडपर्व उडान अफर अन्तर्गत सञ्चालन गरेको ‘यतीमा मङ्लमय फ्लाइट, बम्परमा जितौँ नयाँ राइड’ को उपहार कुनाल विष्टले जितेका छन् ।  यतीले आज सञ्चालन गरेको लक्की ड्र भाग्यशाली विजेता घोषणा कार्यक्रममा विष्टले यमाहा कम्पनीको तर्फबाट रु दुई लाख ८६ हजार ९०० मूल्य बराबरको यमहा रे जेड आर स्कुटर जितेका छन् ।

विष्टले भद्रपुर–काठमाडौँ उडान गरेका थिए । यस्तै, दोस्रो पुरस्कार दिपक थापाले जितेका छन् । उनले बालाजी डाइमण्डको तर्फबाट रु ८२ हजार मूल्य बराबरको हिराको टप प्राप्त गरेका कम्पनीले जनाएको छ । थापाले भैरहवा–काठमाडौँ उडान गरेका थिए । यसैगरी, तेस्रो पुरस्कार पोखरा–काठमाडौँ उडान गरेकी कल्पना गुरुङले प्राप्त गरेकी छन् । उनले रु ५९ हजार ९ सय ९९ मूल्य बराबरको यसुदा वासिङ मेसिन प्राप्त गरेकी कम्पनीले जानकारी दिए ।  

Advertisement

कम्पनीका अनुसार यती एअरलाइन्सले चाडपर्वको समय यात्रा गर्ने आफ्ना यात्रुहरुलाई लक्षित गरी असोज १० देखि कात्तिक २५ गतेसम्म ४७ दिन उडान भर्ने यात्रुलाई उक्त कार्यक्रममा सहभागीता गराएको थियो । सोही अवधीमा एक लाख १७ हजार ५३८ यात्रुले यती एयरलाइन्समा यात्रा गरेको एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए ।

बिजेता यात्रुहरुलाई एअरलाईन्सले सम्पर्क गरि उपहार बितरण गरिने उनले जानकारी दिए । कार्यक्रममा बोल्दै एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत (सिईओ) अनोज रिमालले यती एयरलाइन्सलाई माया गर्ने यात्रीहरुका लागि आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताए ।

Advertisement

Advertisement