टिसिएलले नेपालमा ल्यायो ‘गुगल टिभी’

Advertisement

काठमाडौं । एन्ड्रोइड टिभी ब्राण्ड टिसिएलले नेपालमा गुगल टिभी भित्र्याएको छ । ३ प्रकारका गुगल टेलिभिजन बजारमा ल्याएको हो । 

गूगल टिभी भनेको प्रयोगकर्तालाई सहज र सरल तरिकाले टिभी चलाउन मद्दत गर्ने अत्याधुनिक युजर इन्टरफेसर ओएस् हो । यसमा प्रयोगकर्ताहरूले आफ्नो  मनपर्ने सामग्री सहज तरिकाले एपहरूमा नगईकन होम स्क्रीन बाट नै सेलेक्ट गरेर हेर्न सक्छन । 

Advertisement

गुगल टिभीको प्रारम्भिक सेटअप पछि, प्रयोगकर्ताले गुगल टिभीको होम स्क्रिन देख्न सक्नेछन् । होम स्क्रिनमा विभिन्न एपहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरूको स्लाइडहरु हुन्छन् जुन प्राथमिकताहरूको आधारमा देखाइन्छ । 

टिसिएल गुगल टिभी परम्परागत स्मार्ट टिभीहरू भन्दा एक कदम अगाडि छ किनभने यसमा गुगल प्ले स्टोरका साथै प्यारेन्टल कन्ट्रोल, स्मुथनेस र इन्हेन्सड युजर इन्टरफेरेन्सहरु  छन्, जसले गर्दा प्रयोगकर्ताहरुले टि.भी  चलाऊदा  ज्यादै नै सहज र सजिलो महसुस गर्दछन । 

यो बाहेक गुगल टिभीले टेलिभिजन अनुभव सुधार्नको लागि क्रोमकास्ट र ब्युल्ट ईन गुगल एसिस्टेन्टमा पहुँच प्रदान गरेको छ । गुगल टिभीले नयाँ संस्करणहरुलाई पनि अटोमेटीकल्ली अपडेट गर्दछ ।

नेपाल अधिराज्यभर टिसिएल ब्राण्डको आधिकारिक विक्रेता चौधरी ग्रुपको सिजी इलेक्ट्रोनिक्स अन्तर्गत सिजी इओएल रहेको छ । सिजी ईलेक्ट्रोनिक्सले सम्पूर्ण नेपाली ग्राहकहरुलाई सिजी डिजिटल शोरुम तथा आफ्नो फराकिलो विक्रेता सञ्जाल मार्फत उत्कृष्ट सेवा र अनुभव प्रदान गरिरहेको छ । 

कम्पनीका सिजी डिजिटल शोरुमहरु काठमाडौं भित्र टंगाल, कुमारीपाटी, बसुन्धरा, जोरपाटी, भक्तपुर राधे राधे, रविभवन, कीर्तिपुर, हात्तिगौडा, त्रिपुरेश्वर, नयाँबजार र काठमाडौं बाहिर ईटहरी, हेटौंडा, भरतपुरमा रहेका छन् ।
 

Advertisement

Advertisement