राष्ट्रसंघमा नेपाली राष्ट्रिय झण्डा फहराएको दिनको स्मरणमा राष्ट्रिय झण्डा दिवस मनाइयो

Advertisement

काठकाडौं । संयुक्त राष्ट्रसंघमा नेपालको राष्ट्रिय झण्डालाई विश्वव्यापी रुपमा अंकित गरेको दिनको सम्झनामा शुक्रबार पाँचौं राष्ट्रिय झण्डा दिवस मनाइयो । हरेक वर्ष पुस १ गतेका दिनलाई राष्ट्रिय झण्डा दिवस मनाइने गरेको छ । 

आज राजधानीको माईतीघर मण्डलाबाट वसन्तपुरसम्म नेपालको राष्ट्रिय झण्डा बोकेर र्यालीसमेत गरियो । कार्यक्रममा बोल्दै राष्ट्रिय झण्डा दिवसका संस्थापक राजानन्द माण्डव्यले १९६२ डिसेम्बर १६ अर्थात २०१९ साल पुस १ गतेको दिन संयुक्त राष्ट्रसंघमा नेपालको राष्ट्रिय झण्डालाई विश्वव्यापी रुपमा अंकित गरेको दिनको स्मरणमा राष्ट्रिय झण्डा दिवस मनाइएको बताए । 

Advertisement

उनले नेपालमा पछिल्लो समय झण्डाको दुरुपयोग भइरहेकाले पनि सचेतना फैलाउने अभियान स्वरुप यो दिवस मनाइएको बताए । माण्डव्यले राष्ट्रिय झण्डा देशको गौरव र प्रतिष्ठाको विषय भएकाले झण्डाको सम्मान गर्नुपर्ने बताए । 

उनले भने, ‘१९६२ डिसेम्बर १६ अर्थात २०१९ साल पौष १ गतेको दिन संयुक्त राष्ट्रसंघमा नेपालको राष्ट्रिय झण्डालाई विश्वव्यापी रुपमा अंगीकृत गरेको दिनको रुपमा लिएको छ, त्यही दिनलाई स्मरण गर्दै हामीले यो अभियान मनाएका हौँ । झण्डाको दुरुपयोग गरेको खबरदारीका रुपमा यो दिवस मनाइएको हो । राष्ट्रिय झण्डाको सम्मान गर्नुपर्छ ।’

Advertisement

Advertisement