राष्ट्र बैंकले नाफिजको सहकार्यमा आर्थिक पत्रकारहरूलाई दियो तालिम

Advertisement

काभ्रे । नेपाल राष्ट्र बैंकले आर्थिक  पत्रकारको क्षमता वृद्धिको लागि सञ्चालन गरेको दुई दिने तालिम सम्पन्न गरेको छ । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) सँगको सहकार्य राष्ट्र  बैकले आर्थिक पत्रकारहरूका लागि समसामयिक, आर्थिक तथा बैंकिङ विषयक अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको हो ।

अभिमुखीकरण कार्यक्रमको समापन सत्रमा राष्ट्र  बैंकका गभर्नर महाप्रसाद अधिकारीले आर्थिक  पत्रकारको क्षमता अभिवृद्धिमा राष्ट्र  बैंक प्रतिवद्ध रहेको बताएका थिए । उनले हरेक त्रैमासमा आर्थिक पत्रकारसँग छलफल तथा अन्तरकृया कार्यक्रम र तालिम गर्न राष्ट्र बैंकले नाफिजसँग सहकार्य गर्न तयार रहेको बताएका हुन् । यस्ता कार्यक्रमले आर्थिक पत्रकारको क्षमता वृद्धिसँगै सहि सुचना प्रभावहमा महत्वपूर्ण योगदान पुग्ने उनको विश्वास छ । 

Advertisement

काभ्रेको पाँचखाल स्थित धुलिखेल माउन्टेन रिसोर्टमा पुस १ गतेदेखि २ गतेसम्म सञ्चालन भएको सो कार्यक्रम नाफिज अध्यक्ष मोदनाथ ढकाल, निवर्तमान अध्यक्ष सिताराम भट्टराई सहित ३५ जना आर्थिक पत्रकार सहभागी थिए । दुई दिनमा १० वटा फरक÷फरक सत्रमा प्रशिक्षकहरूले  प्रशिक्षण दिएका थिए ।

जसमा राष्ट्र बैंकका प्रवक्ता समेत रहेका नियमन विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्टको प्रमुख आतिथ्यतामा कार्यक्रम सुरूवात भएको थियो । उद्घाटन पछिको पहिलो सत्रमा डा. भट्टले नेपालको वित्तीय प्रणााली र राष्ट्र बैकको सञ्चार रणनिति विषयमा प्रस्तुति दिएका थिए ।

पहिलो दिनको दोस्रो सत्रमा नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स) का प्रमुख कार्यकारी अधिकृत सन्जिव सुब्बाले इमर्जिङ इस्यु अफ फाइनान्सियलमार्केट एण्ड बैंकिङ  विषयमा प्रस्तुति दिएका थिए ।

तेस्रो सत्रमा  बैंक सुपरिवेक्षण विभागका निर्देशक सत्यन्द्र तिमल्सिनाले अन्डरस्ट्यान्डिङ फाइनान्सियल सेक्टर इन्डिकेटर एण्ड टुल्सु विषयमा प्रस्तुति दिए । शुक्रबारकै चौथो सत्रमा राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागका निर्देशक डिल्ली राम खनालले अर्थतन्त्रको बाह्य क्षेत्रको बारेमा र शुक्रबारको अन्तिम सत्रमा राष्ट्र बैंक आर्थिक अनुसन्धान विभाग उपनिर्देशक सिद्धराज भट्टले मुद्रास्फीति सम्बन्धमा प्रस्तुति दिएका थिए ।

यसैगरी, शनिबार पहिलो सत्रमा राष्ट्र बैककै आर्थिक अनुसन्धान विभाग प्रमुख डा. प्रकाशकुमार श्रेष्ठले मौद्रिक क्षेत्र, दोस्रो सत्रमा राष्ट्र बैंक भुक्तानी प्रणााली विभागका निर्देशक निश्चल अधिकारले भुक्तानी प्रणालीको विकास, तेस्रो सत्रमा सानिमा बैकका चिफ फाइनान्स अफिसर सरोज गुरागाँईले बैंक तथा वित्तीय संस्थाको वित्तीय विवरण र चौथो सत्रमा राष्ट्र बैंक नियमन विभागका निर्देशक किरण पण्डितले नियामक निकायको नियामकीय र सुपरिवेक्षकीय भुमिका तथा अन्तिम सेसन पनि उनले नै चालुपुँजी कर्जा मार्गदर्शन, २०७९ को बारेमा प्रस्तुति दिएका थिए ।
 

Advertisement

Advertisement