टान (गण्डकी)को अध्यक्षमा धर्मराज पन्थी विजयी

Advertisement

काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीको २९औं वार्षिक साधारणसभा एवं १७ औं अधिवेशन आइतबार सम्पन्न भएको छ । अधिवेशनबाट टान गण्डकीको अध्यक्षमा धर्मराज पन्थी विजयी भएका छन् ।

पोखरामा भएको अधिवेशनबाट संघको प्रथम उपाध्यक्षमा कृष्ण आचार्य, द्धितीय उपाध्यक्षमा दिवश लामिछाने, सचिवमा तीर्थराज सुवेदी, सहसचिवमा गोपालकृष्ण संग्रौला, कोषाध्यक्षमा मोहन सुवेदी, सदस्यहरुमा बिश्वराज अधिकारी, दीपक सापकोटा, प्रकाश पौडेल, सुरज गुरुङ, भुपेन्द्र लामा र माधब खनाल विजयी भएका छन् ।

Advertisement

Advertisement

Advertisement