पर्वतारोहणसम्वन्धी कार्यक्रममा भाग लिन गएकी शेर्पा क्यानडामै लुकेर नबसेको संघको दावी

Advertisement

काठमाडौं । इन्टरनेशनल क्लाइम्बिङ एण्ड माउण्टेनियरिङ एशोसिएसन (यूआईएए)को साधारण सभामा भाग लिन भन्दै क्यानडा गएकी आफ्नो सचिवालय सदस्य डोमा शेर्पा उतै लुकेरको हल्लामा सत्यता नरहेको नेपाल पर्वतारोहण संघले दावी गरेको छ । 

संघले प्रेस विज्ञप्ति जारी गर्दै शेर्पा क्यानडामै लुकेर बसेको कुरामा सत्यता नरहेको र व्यक्तिगत कारणले केही समय क्यानडामै रहने जानुअघि नै बताएको दावी गरेको छ । 

Advertisement

निज शेर्पाले छ महिनाभित्र नेपाल फर्किने जानकारी दिएको विज्ञप्तिमा उल्लेख छ । शेर्पा लुकेको नभई पदाधिकारीहरुकै सम्पर्कमा रहेको संघले बताएको छ । शेर्पाले पनि आफ्नो सामाजिक सञ्जालमा आफू लुकेर क्यानडामा बसेको भन्ने हल्लाको खण्डन गरेको पर्वतारोहण संघको भनाई छ । 

उक्त साधारण सभामा सहभागी हुन् संघका अध्यक्ष निमा नुरु शेर्पा, महासचिव मोहन लम्साल, पर्यटन विभागका महानिर्देशक होमप्रसाद लुइटेल फर्किए पनि शेर्पा नफर्किएपछि उनी क्यानडामै लुकेर बसेको हल्ला चलेको छ । 

Advertisement

Advertisement