धोबीखोला किनार अतिक्रमण गरी बनाइएका संरचनामा बालेनले चलाए डोजर

Advertisement

काठमाडौं । धोबीखोला किनार अतिक्रमण गरी बनाइएका संरचनामा बुधबार काठमाडौं महानगरपालिकाले डोजर लगाएको छ । उक्त महानगरपालिकाको मेयरमा बालेन (बालेन्द्र) शाह निर्वाचन भएर आएपछि उनले यस्ता संरचना हटाउने कुरालाई तीब्रता दिएका छन् । 

आज काठमाडौंको १० नम्बर वडाको धोबीखोला किनार क्षेत्रको देवीनगरमा निर्माण गरिएका अवैध संरचनाहरु भत्काएको हो । महानगरले डोजर चलाएपछि त्यस क्षेत्रमा व्यापार व्यवसाय गर्नेहरुको भागाभाग भएको थियो । 

Advertisement

महानगर प्रहरीले सार्वजनिक जग्गामा बनेको घर टहरा, मापदण्ड विपरीतको होर्डिङ बोर्ड, नक्साविपरितको बेसमेण्ट प्रयोग, फुटपाथ व्यवसाय हटाउँदै आएको छ । डोजरले आफूले व्यापार गर्दै आएको ठाउँ भत्काएपछि उनीहरुले सामान ओसार्न थालेका हुन् । 

Advertisement

Advertisement