राजधानीसहित देशका अधिकांश स्थानको मौसम बिग्रियो, उडानहरु पनि प्रभावित

Advertisement

काठमाडौं । राजधानी काठमाडौंसहित देशका अधिकांश स्थानको मौसम बिग्रिएको छ । आज बिहीवार बिहानैदेखि देशका पहाडी तथा तराईका धेरै भूभागमा हुस्सु, कुहिरोले ढाकेको छ । 

हाल नेपालको पूर्वी भूभागमा पश्चिमी न्युन चापीय प्रणालीको आंशिक प्रभाव रहेकाले मौसम बिग्रिएको मौसमविद्हरुले बताएका छन् । मौसम खराब हुँदा उडानहरु अवरुद्ध भएका छन् । 

Advertisement

उडानहरु अवरुद्ध बन्दा यात्रा गर्नेहरुलाई भने असहज भएको छ । हुस्सु र कुहिरोका कारण काठमाडौंमा पनि जाडो बढेको छ । अहिले पूर्वी, मध्य तथा मध्य पश्चिम क्षेत्रको पहाडी भू–भागमा आंशिक बदली रही तराईका थोरै भू–भागमा हुस्सु÷कुहिरो रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

आज मध्यपश्चिम र पूर्वको पहाडी भू–भागमा आंशिक बदली रहने छ भने आगामी २४ घण्टामा  तराईका केही भू–भागमा बिहानीपख हुस्सु÷कुहिरो लाग्ने  र देशका अधिकांश भू–भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेकाले आवश्यक सावधानी अपनाउन विभागले आग्रह गरेको छ । 
 

Advertisement

Advertisement