उडान कर्मचारीको हडतालले गर्दा निगमलाई झण्डै साढे दुई करोड रुपियाँको क्षति, यात्रुलाई सास्ती

Advertisement

काठमाडौं । उडान कर्मचारी (क्याविन क्रु)हरुको हडतालले उडान नहुँदा नेपाल वायुसेवा निगमलाई अनुमानित साढे दुई करोड रुपियाँ क्षति भएको छ । 

आफ्ना दुई जना सहकर्मीहरुको म्याद नथप्ने निगम व्यवस्थापनको निर्णयको विरोधमा उडान कर्मचारीहरु विरोधमा उत्रिँदा निगमको सेवा प्रभावित हुनुका साथै उसलाई ठूलो नोक्सानसमेत भएको छ । 

Advertisement

उनीहरु विरोधमा उत्रिएपछि बुधबारको नयाँ दिल्ली उडान प्रभावित भएको थियो । म्याख थप नभएका उडान कर्मचारीहरुको पेशागत हितका लागि अन्य कर्मचारी हडतालमा उत्रिएका कारण उडान प्रभावित भएको निगमकी प्रवक्ता अर्चना खड्काले बताइन् । 

उनले भनिन, ‘क्याबिन क्रुको हडताल दुई जना क्याविन क्रुको सेवा नवीकरण नभएकाले हो । अरु क्याविन क्रुहरुले पनि जहाज उडान गर्न नमानेपछि उडानहरु ढिलाई हुन पुग्यो । ढिलाई गरेर पनि हामीले सञ्चालन गर्यौं, बुधबार र बिहीबार पनि व्यवस्थापन टोली र क्याबिन क्रुहरु बैठकमै व्यस्ता थियौं । उनीहरुलाई जसरी पनि जहाजमा उडान गराउन् प्रयास गरेका थियौं । अहिले व्यवस्थापन टोली र क्याबिन क्रुहरुबीच समझदारी भएर उडान सुचारु गर्ने सहमति भएको छ ।’

बुधबार र बिहीबारको उडानहरु ढिलाई भएका कारण नेपाल वायुसेवाका यात्रुहरुलाई अरु एयरलाइसबाट पनि पठाएको सुनाउँदै खड्काले यसबाट यात्रुलाई पनि दुःख भएको र निगमलाई पनि नोक्सान भएको बताइन् । उनले यस क्रममा निगमलाई साढे दुई करोड क्षति भएको बताइन् । 

फ्लाइट सेफ्टी स्ट्यान्डर्ड विभागले उक्त घटना के कारणले भएको हो ? विस्तृत अध्ययन गरेर तीन दिनभित्र स्पष्टीकरण बुझाउन निर्देशन दिएको छ । उक्त स्पष्टीकरणको जवाफ लेख्ने क्रम जारी रहेको खड्काले बताइन् । 

Advertisement

Advertisement